समाचारबुधबार, कार्तिक ५, २०७१
गोकर्णमा आज पनि नेताहरुको छलफल
४ कात्तिकमा गोकर्ण रिसोर्टमा गरेको छलफलमा सहमति नजुटेपछि तीन दलका शीर्ष नेताहरु ५ कात्तिकमा पनि सहमति जुटाउन रिसोर्टमा भेला भएका छन् ।
छलफलमा कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी छन् । एमालेबाट केपी ओली, माधवकुमार नेपाल र ईश्वर पोखरेल छन् भने एमाओवादीबाट पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
दलहरुबीच संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति जुट्न सकेको छैन ।
संबिधानसभाले संवाद समितिलाई १५ कात्तिकभित्र सहमति जुटाउने गरी तेस्रो पटक म्याद थप गरेको छ ।
