समाचारबुधबार, कार्तिक ५, २०७१
विप्पा र सुपुर्दगी सन्धी गर्न चीनको प्रस्ताव
चीन भ्रमणमा गएका उपप्रधानमन्त्री वामदेव गौतमसँग चिनियाँ पक्षले लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता ९बिप्पा) र सुपुदर्गी सन्धी गर्न प्रस्ताव राखेको गौतमले जानकारी दिए ।
एक साता लामो चीन भ्रमण सकेर ५ कात्तिकमा स्वदेश फर्किएका उपप्रधानमन्त्री गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै बिप्पा सम्झौता र सुपुर्दगी सन्धीका लागि चीनले प्रस्ताव राखेकोमा यसबारे विचार गरिने चिनियाँ पक्षलाई जानकारी गराएको बताए ।
“चीनले विप्पा र सुपुर्दगी सन्धीको प्रस्ताव राखेको छ, हामीले सुपुर्दगी सन्धी सम्बन्धी ऐन बनाइसकेका छौं, यसमा आवश्यक गृहकार्य हुन्छ,” गौतमले भने, “तत्काल सुपुर्दगी सन्धी नभए पनि यो प्रक्रिया अघि बढ्छ ।”
चीनको सार्वजनिक सुरक्षा मन्त्रीको निमन्त्रणामा बेइजिङ पुगेका गौतमले चीन सरकारले सशस्त्र प्रहरी बलको प्रतिष्ठान बनाउन र नेपाल प्रहरीको सञ्र विकासमा सघाउने बताएको पनि जानकारी दिए ।
सरकारले यसअघि नै मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पाँच मुलुकसँग द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता ९बिप्पा० गर्ने तयारी गरेको छ। विदेशी लगानीलाई समेत स्वदेशी उद्योग सरह सुरक्षा दिने शर्तसहित उद्योग मन्त्रालयले चीन, टर्की, संयुक्त अरब इमिरेट्स, पाकिस्तान र कतारसँग बिप्पा गर्ने तयारी गरेको हो।
तीन वर्षअघि नेपाल र भारतबीच बिप्पा सम्झौता भइसकेको छ ।
