समाचारबिहीबार, कार्तिक ६, २०७१

मंसीरसम्म सहमति प्रयासः नेता नेपाल

हिमालखबर

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

तस्वीर सौजन्यः रिपोर्टर्स क्लब

एमाले नेता नेपालले मंसीरसम्म सहमतिका लागि अधिकतम प्रयास गरिने बताएका हुन् । ६ कात्तिकमा रिपोर्टर्स क्लबसँगको साक्षात्कारमा उनले भने, “मंसीरसम्म अधिकतम प्रयास हुन्छ, त्यसपछि प्रक्रियामा गएर संविधान बनाइन्छ ।”

उनले कांग्रेस र एमाओवादीले आँट गर्ने हो भने ८ माघभित्रै संविधान जारी गर्न सकिने बताए । “कांग्रेस र माओवादीले आँट गरे ८ माघभित्र संविधान जारी गर्ने गरी सहमति बन्छ, उहाँहरुलाई आँट गरेर अघि बढ्न आग्रह गर्छु,” उनले भने ।

उनले ८ माघमै संविधान जारी गर्न कांग्रेसले आँट गर्ने र एमाओवादी जातीय संक्रमणबाट मुक्त हुनुपर्ने बताए । संघीयता सामथ्र्य र पहिचानको आधारमा हुने उनको भनाइ छ ।

उनले जातीय आधारमा संघीयता हुनै नसक्ने ठोकुवा गरे । शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित वा संसदबाट निर्वाचित प्रधानमन्त्री हुने स्पष्ट पार्दै उनले निर्वाचन प्रणालीमा प्रतिनिधिसभा मा प्रत्यक्ष निर्वाचित र राष्ट्रिय सभामा समानुपातिक प्रतिनिधि हुने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>