समाचारशुक्रबार, कार्तिक ७, २०७१

तिहार हिन्दू र मुस्लिम मिलेर मनाउँदै

हिमालखबर

महोत्तरीको बर्दीबास लगायतका स्थानमा देउसीभैलो र दीपावलीमा मुसलमान युवा सहभागी भएका छन् । तिहारमा इस्लाम धर्मावलम्बी युवाको सहभागिताले आपसी सद्भाव वृद्धिमा सहयोग पुगेको सुकुम्बासी समस्या समाधान समितिका अध्यक्षसमेत रहेका बर्दिवास–७ का भानुभक्त पोखरेलले बताए ।

जिल्लाका सघन बस्तीका बर्दिवास, सीतापुर, सम्सी, मटिहानी, रामगोपालपुर, औरही, गौशालाजस्ता बजार क्षेत्रमात्र नभई जिल्ला सदरमुकाम जलेश्वर नगरका बस्तीमा पनि मुसलमान युवा दीपावली पर्वमा घर घरमा झिलिमिली बत्ती बाल्न र हिन्दू युवासँगसँगै देउसीभैलो खेल्न मग्न देखिएका छन् ।

दीपावली पर्वमा खासगरी युवाले गर्ने रमाइलोमा हिन्दू र इस्लाम युवा बराबरी देखिने गरेको भङ्ताहा–३ का ८० वर्षीय मुस्लिम अलिमन राइनले बताए ।

इदुलफित्र, इद–उल–जोहा, मुहर्रम र सवेबरातजस्ता आफ्ना पर्वमा हिन्दू युवाको हुने सक्रिय सहभागिताले आफूहरूलाई हिन्दूले मनाउने चाडबाडमा सहभागी हुन प्रेरित गरेको मुसलमान युवाको भनाइ छ ।

एउटै बस्तीका बासिन्दा भएकाले एकार्काको पर्वमा सहभागी हुँदा सामाजिक सम्बन्ध प्रगाढ हुनका साथै दुखःसुख बाँड्ने कुरामा आपसी सहयोग बढ्ने गरेको हसिर्वा–७ का ३० वर्षीय इस्लाम अन्सारीले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>