समाचारशुक्रबार, कार्तिक ७, २०७१

नौ र दश गते निर्णायक वार्ता हुन्छः भट्टराई

हिमालखबर

baburam-bhattaraiदेउसी खेल्न घरमा पुगेको रिपोर्टर्स क्लब नेपालको टोलीसँग कुरा गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराइले आगामी ९ र १० गते संविधानका विवादित विषयमा सहमति जुटाउन दलहरुबीच निर्णायक वार्ता हुने बताएका छन् ।

संविधान निर्माणको महत्वपूर्ण कार्यमा सबै दल खटिरहेको र गोकर्णको आवासीय बैठकले सहजीकरण गरेको भन्दै भट्टराइले दलहरुवीच मत–मतान्तर कम हुँदै गएकोले बैठक सार्थक रहेको दाबी गरे ।

उनले फरक विचारहरुवीच सहमति कायम गर्ने विषय कठिन भएको भन्दै निर्णायक वार्ता अघि सबै विवादित विषयहरुमा सहमति जुटाउन आफूले भेटवार्तालाई तिब्रता दिएको बताए ।

भट्टराईले आज (७ कात्तिकमा) एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवासमा दुई घण्टा भेटवार्ता गरेको, आजै साँझ पुष्पकमल दाहालसँग र ८ कात्तिक विहान प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गर्ने जानकारी दिए ।

उनले न्यायप्रणालीका विषयमा प्रधानन्यायधीश र पूर्व न्यायधीशहरुसँग साथै निर्वाचन प्रणालीको विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तयारी रहेको समेत बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>