समाचारशनिबार, कार्तिक ८, २०७१
६ प्रदेशभन्दा बढी आवश्यक छैनः महासचिव पोखरेल
पार्टीको नगरकोट गाउँ कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै एमाले महासचिव इश्वर पोखरेलले धेरै प्रदेशको प्रशासनिक व्यवस्थापन मुलुकले धान्न नसक्ने भएकाले ६ प्रदेश पर्याप्त हुने धारणा व्यक्त गरेका छन् ।
उनले जातीय सङ्घीयताले मुलुकलाई जातीय विद्रोहतर्फ धकेल्ने संभावना रहेको भन्दै दलहरुबीच सङ्घीयताको बारे सहमति हुन नसके संविधानसभाको प्रक्रियामा जानुको विकल्प नभएको बताएका थिए ।
