समाचारआइतबार, आश्विन २१, २०६९

गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनावी सरकारः अध्यक्ष जबरा

हिमालखबर

बीरगञ्जमा २१ असोजमा आयोजित पत्रकार साक्षात्कार कार्यक्रममा उनले सत्ता स्वार्थले गर्दा वर्तमान गठबन्धनको सरकारले संविधानसभा विघटन गरी मुलुकलाई संवैधानिक र राजनीतिक सङ्कटमा धकेलेको आरोप लगाए । उनले भने, “समस्याबाट निकासको उपयुक्त विकल्प निर्वाचन नै हो र यसका लागि गैरराजनीतिक व्यक्तिको नेतृत्वमा निस्पक्ष चुनावी सरकार गठन हुनुपर्छ ।”

अध्यक्ष जबराले प्रधानमन्त्री को हुने भन्ने विषयले नै अहिलेको संकटले निकास नपाएको भन्दै प्रमुख तीन दल र मधेशी मोर्चा सत्ता स्वार्थभन्दा माथि उठेर गैरराजनीतिक व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने धारणा राखे । त्यसो गर्दा अन्य राजनीतिक दलहरुलाई पनि विश्वासमा लिनुपर्ने उनको भनाई थियो ।

उनले राप्रपा प्रान्तीय सरकारको पक्षमा दृढ भएर उभिएको तर एमाओवादी र मधेशी मोर्चाले भनेजस्तो एकल जातीय पहिचानको आधारमा नभई हरेक प्रदेशको निर्माण बहुजातीय आधारमा हुनुपर्नेमा जोड दिए ।

प्रमुख तीन दल र मधेशी मोर्चाबीच तत्काल सहमति जुट्न नसके मुलुकमा अर्को शक्ति आउने भन्दै अध्यक्ष जबराले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थिति अरु जटिल बन्दै जाने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>