समाचारआइतबार, कार्तिक ९, २०७१

जीप दुर्घटनामा ९ को मृत्यु, १६ घाइते (अपडेट)

हिमालखबर

ओखलढुंगा ठूलाछापको निशंखेबाट सदरमुकामतर्फ आइरहेको बा५च ५८७५ नम्बरको जीप सिद्धिचरण नगरपालिका–११ अधेरी नारायणस्थानमा सडकबाट दुईसय मिटर तल खस्दा ९ जनाको मृत्यु भएको छ । जीपमा २५ जना यात्रु सवार थिए ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा ठूलाछाप–७ का मणिराम भट्टराई, ठूलाछाप–८ का तेजबहादुर बस्नेत, रामप्यारी बस्नेत, दोहिनी भट्टराई, ठूलाछाप–५ का सरिता खड्का, टीका बस्नेत, चोलेन्द्र खत्री, प्राप्चा–७ का अप्सरा दाहाल र वाक्सा–९ का मनकुमार राई रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते भएका १६ जनाको उपचार मिसन सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डम्बर विकले जानकारी दिए ।

यसअघि ७ कात्तिकमा काठमाडौंबाट रसुवा जाँदै गरेको बस नुवाकोटको बेलकोटमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने २० असोजमा डोटीमा भएको बस दुर्घटनामा ३५ जनाको ज्यान गएको थियो ।

त्यसैगरी पृथ्वीराजमार्ग र मकवानपुरमा भएका बेग्लाबेग्लै दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>