समाचारआइतबार, कार्तिक ९, २०७१
‘हुदहुद’ जस्तै नयाँ आँधी आउँदै
अरेबियन सागरमा हुदहुद जस्तै अबको १२ घण्टामा आउने त्यसले आँधीको रूप लिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नयाँ आँधीको नामाकरण भने यस पटक पाकिस्तानले गर्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अघिल्लो हुदहुदको नाम ओमनले राखेको थियो ।
सामुद्रिक किनारमा रहेका विभिन्न मुलुकले आँधीको नाम पालैपालो राख्ने प्रचलन रहँदै आएको छ ।
‘अरबियन सागरमा हुदहुद जस्तै नयाँ आँधी सिर्जना हुँदैछ । भारतको मध्य प्रदेशभन्दा तल्लो भागबाट नेपालको पूर्वी भागमा यसको असर देखिएको छ, जसका कारण नेपालमा हिजोदेखिनै मौसम बदली भएको छ, आज पनि मौसम बदली भई काठमाडौँलगायत देशका विभिन्न भेगमा पानी परेको छ’ मौसमविद् अर्यालले भने ।
उनले सामुिद्रक आँधीको प्रभावले मौसम बदली भई केही दिन पानी पर्ने र नेपालमा कात्तिक १३ र १४ गते आँधीको बढी प्रभाव पर्ने अनुमान गरिएको उल्लेख गरे ।
उक्त समयमा उच्च हिमाली भेगमा हिमपात हुनुका साथै जाडो पनि बढ्ने बताइएको छ ।
मौसमविद् अर्यालका अनुसार आँधीले भारतको पश्चिमी क्षेत्रका गुजरात र राजस्थानमा बढि प्रभाव पार्नेछ, भने नेपालका मध्यपूर्वी र पश्चिमी भेगमा निकै प्रभाव पार्ने अनुमान गरिएको छ ।
रासस
