समाचारआइतबार, आश्विन २१, २०६९

भट्टराई सरकार पूर्ण असफलः नेता ओली

हिमालखबर

प्रेस चौतारीले २१ असोजमा झापाको दमकमा गरेको पत्रकार भेटघाटमा उनले दशैंपछि भट्टराई सरकार ढल्ने दाबी गर्दै भने, “कसैले तानाशाही लाद्न खोज्छ भने त्यस्तालाई फाल्न एमाले सक्षम छ ।”
उपाध्यक्ष अशोक राईलगायतले एमाले छोडेकोमा टिप्पणी गर्दै नेता ओलीले एमालेका कारण पहिचान बनाएका नेताहरुले पहिचान खोज्दै पार्टी छोड्नु मुर्खता भएको दाबी गरे ।

त्यसैगरी एमाले कास्कीले २१ असोजमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारले सजिलै सत्ता नछाड्ने भन्दै राष्ट्रपतिले अन्तरिम संविधानमा भएको अन्तरनिहीत अधिकार प्रयोग गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रपतिले विघटित संविधानसभामा रहेका राजनीतिक दलसँगको परामर्शमा समयसीमा तोकेर सरकार बनाउन आह्वान गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री भट्टराईको नेतृत्वमा बनेको सरकारले राजनीतिक, संवैधानिक र नैतिक आधार गुमाइसकेको भन्दै यो सरकार दशैं अघि नै हटेर सहमतिको सरकार बन्नुपर्नेमा उनले जोड दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>