समाचारबुधबार, कार्तिक १२, २०७१

प्रदेशको संख्याबारे कांग्रेस एमाले छलफल गर्दै

हिमालखबर

संविधानसभाले सहमतिका लागि तेस्रो पटक थप गरिदिएको सम्वैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको म्याद १४ कात्तिकमा सकिनै लाग्दा दलहरुबीच औपचारिक अनौपचारिक छलफल भइरहेको छ ।

११ कात्तिकमा एमाओवादीका शीर्ष नेताहरुसँग छलफल गरेको एमाले नेताहरुले १२ कात्तिक दिउसो तीन बजे कांग्रेससँग छलफल गर्दैछ । छलफलमा विवादित विषयलाई कसरी टंग्याउने भन्नेबारे छलफल हुने एमाले उपाध्यक्ष भीम रावलले बताए ।

१० प्रदेशको अडानमा रहेको एमाओवादी समक्ष एमालेले चार प्रदेशको प्रस्ताव राखेको थियो । शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा लभगभ सहमति भइसकेकाले अव प्रदेशको संख्यामा पनि सहमति जुटाउनेगरी छलफल भइरहेको कांग्रेस नेता अर्जुननरसिंह केसीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>