समाचारआइतबार, आश्विन २१, २०६९
बैशाखमा चुनाव गर्ने एमाओवादी नेता सापकोटाको दावी
चुनावका लागि संवैधानिक र कानूनी प्रक्रिया मिलाउनका लागि संविधान संसोधन गर्ने बारेमा दलहरुबीच छलफल भइरहेको पनि उनको दाबी छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा २१ असोजमा भएको नियमित पत्रकार सम्मेलनमा सापकोटाले चुनावका लागि संसद पुनस्र्थापना गरेर अन्तरिम संविधान संशोधन गर्ने वा राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाएर संशोधन गर्ने भन्नेमा बहस चलिरहेको बताए ।
एमाओवादी दुबै विकल्पमा खुल्ला रहेको भन्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले यसबारे स्पष्ट धारणा नबनाएको आरोप लगाए । संविधान सभा पुनस्र्थापनाको ढोका अझै बन्द नभएको भन्दै उनले सहमति भए संविधानसभा पुनस्र्थापना गर्न सकिने बताए ।
संविधान निर्माणका विवादित मुद्दाहरुमा सहमति नहुँदासम्म प्रधानमन्त्रीले राजिनामा नदिने र कांग्रेसको नेतृत्व पनि स्वीकार्न नसकिने प्रवक्ता सापकोटाले दोहोरयाएका थिए ।
