समाचारबिहीबार, कार्तिक १३, २०७१
नेपालद्वारा युगान्डालाई २२४ रनको लक्ष्य
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा नेपालले युगान्डाको सामना गरिरहेको छ । मलेशिया जारी प्रतियोगिताको फाइनलमा नेपालले अघिल्लो वर्षकै प्रतिद्वन्द्वी युगान्डाको सामना गरिरहेको हो ।
टस जितेर ब्याटिङ गरेको नेपालले एक बाँकी छँदा अलआउट हुँदै २२३ रन बनायो । नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए ।
एक छक्का र पाँच चौकाको मद्दतमा सागरले ६४ रन बनाए । पाँच चौकासहित ज्ञानेन्द्रले ५६ रन हाने भनेर एक छक्का र २ चौकाको मद्दतमा नरेशले ५१ रन जोडे ।
एक छक्का हानेका कप्तान पारस खड्का १३ बनाउँदा एलबीडब्लु भए । विनोद भण्डारीले ९, आरिफ शेख ८, सोमपाल कामी ७, मेहबुब आलमले ६ र बसन्त रेग्मीले २ रन बनाए ।
शक्ति गौचनले रन बनाउने मौका नै पाएनन् ।
खेलको ताजा अपडेटका लागि यहाँ क्लिक गर्नुहोला ।
————————————————————————————————————————————————
उपाधिका लागि नेपाल र युगान्डा भिड्दै
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा नेपाल र युगान्डाबीच खेल भइरहेको छ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि रक्षाका लागि नेपालले युगान्डाको सामना गरिरहेको छ । मलेशिया जारी प्रतियोगिताको फाइनलमा नेपालले अघिल्लो वर्षकै प्रतिद्वन्द्वी युगान्डालाई पाएको हो ।
गत वर्ष बर्मुडामा नेपालले युगान्डालाई नै हराउँदै डिभिजन ३ को उपाधि जितेको थियो । फाइनलमा नेपालले युगान्डालाई ५ विकेटले हराएको थियो ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर सागर पुन र नरेश बुढाऐरले अर्धशतक बनाए । सागरले ६४ र नरेशले ५१ रन जोडे । पारस खड्का १३ रन बनाएर आउट भए ।
