समाचारबिहीबार, कार्तिक १३, २०७१
छठ पर्वको समापन
मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरी यो पर्वको समापन गरिने परम्परा छ ।
श्रद्धालुहरुले विभिन्न ठाउँका सागर, नदी, ताल र पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर आफ्नो खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ चढाएर छठलाई समापन गरियो ।
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने विश्वास छ । छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यतिकै छन् ।
