समाचारबिहीबार, कार्तिक १३, २०७१

नेपाललाई डिभिजन ३ को उपाधि

हिमालखबर

टस जितेर व्याटिङ रोजेको नेपालले युगान्डालाई २२४ रनको लक्ष्य दिएको थियो । तर, युगान्डाले ४४.१ ओभर अलआउट हुँदा १६१ रन मात्रै बनायो ।

नेपालका तर्फबाट भुवन कार्कीले ४, सागर पुनले १, शक्ति गौचन १, बसन्त रेग्मी २ र सोमपाल कामीले १ विकेट लिए ।
ब्याटिङमा नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए ।

एक छक्का र पाँच चौकाको मद्दतमा सागरले ६४ रन बनाए । पाँच चौकासहित ज्ञानेन्द्रले ५६ रन हाने भनेर एक छक्का र २ चौकाको मद्दतमा नरेशले ५१ रन जोडे ।

एक छक्का हानेका कप्तान पारस खड्का १३ बनाउँदा एलबीडब्लु भए । विनोद भण्डारीले ९, आरिफ शेख ८, सोमपाल कामी ७, मेहबुब आलमले ६ र बसन्त रेग्मीले २ रन बनाए । शक्ति गौचनले रन बनाउने मौका नै पाएनन् ।

 

 


सागर पुनले ३०.१ ओभरमा नेपालका लागि पाँचौं विकेट लिएका छन् ।

३०औं ओभरको अन्तिम बलमा सागर पुनको बलमा शक्ति गौचनले लरेन्स सेमाटिम्बालाई क्याच आउट गरे ।

युगाण्डाका फिलिमोम सेलोवा रन आउट भएका छन् । १७.५ ओभरमा शक्ति गौचनको बलमा विनोद भण्डारीले अर्थर क्योबेलाई क्याच आउट गरे ।

त्यसैगरी १८.१ ओभरमा ज्ञानेन्द्र मल्लले बसन्त रेग्मीको बलमा  बजेन्डालाई क्याचअाउट गरेका हुन् । बजेन्डा युगाण्डाका ओपनर रोजर मुकासाको ढाडमा समस्या भएर बाहिरिएपछि मैदानमा आएका थिए ।

——————————————————————————————————————————-

नेपालद्वारा युगान्डालाई २२४ रनको लक्ष्य

आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा नेपालले युगान्डालाई २२४ रनको लक्ष्य दिएको छ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को फाइनलमा नेपालले युगान्डाको सामना गरिरहेको छ । मलेशिया जारी प्रतियोगिताको फाइनलमा नेपालले अघिल्लो वर्षकै प्रतिद्वन्द्वी युगान्डाको सामना गरिरहेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले एक बाँकी छँदा अलआउट हुँदै २२३ रन बनायो । नेपालका सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए ।

एक छक्का र पाँच चौकाको मद्दतमा सागरले ६४ रन बनाए । पाँच चौकासहित ज्ञानेन्द्रले ५६ रन हाने भनेर एक छक्का र २ चौकाको मद्दतमा नरेशले ५१ रन जोडे ।

एक छक्का हानेका कप्तान पारस खड्का १३ बनाउँदा एलबीडब्लु भए । विनोद भण्डारीले ९, आरिफ शेख ८, सोमपाल कामी ७, मेहबुब आलमले ६ र बसन्त रेग्मीले २ रन बनाए ।

शक्ति गौचनले रन बनाउने मौका नै पाएनन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>