थप समाचारबिहीबार, कार्तिक १३, २०७१
बुरकिना फासोः प्रदर्शनकारीले संसद भवन जलाए
२७ वर्षदेखि लगातार सत्तामा रहँदै आएका राष्ट्रपति ब्लेस कोम्पाएरोले आगामी निर्वाचनमा भाग लिन नहुने भन्दै विरोध गरिरहेका प्रदर्शनकारीले अफ्रिकी देश बुरकिना फासोको संसदमा आगो लगाएका छन् ।
बुरकिना फासोको राजधानी उआगादोगुस्थित सिटी हल र सत्ताधारी पार्टीको मुख्यालयमा पनि आगो सल्किएको अन्तराष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ । प्रदर्शनकारीहरुले राष्ट्रिय टेलिभिजन कार्यालयमा आक्रमण गरी प्रशारण बन्द गराएका छन् ।
यसअघि संसदमाथि आक्रमण गर्ने प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको थियो ।
संसदमा राष्ट्रपति कोम्पायरोलाई सन् २०१५ मा हुने निर्वाचनमा भाग लिन मिल्ने गरी संविधान संसोधन गर्ने प्रस्तावमा छलफल हुने कार्यक्रम थियो ।
सन् १९८७ मा भएको विद्रोहबाट सत्तामा पुगेका कोम्पायरो त्यसपछि भएका चारवटा विवादास्पद निर्वाचनमा विजयी भएका थिए ।
विपक्षी दलहरुले कोम्पायरोले आगामी निर्वाचनपछि सत्ता छोड्न माग गर्दै आएका छन् ।
