समाचारबिहीबार, कार्तिक १३, २०७१
कात्तिक १५ सम्म सहमति नभए विकल्प खोजिन्छः भट्टराई
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका एमाओवादी नेता बाबुराम भट्टराइले समितिको सचिवालय सञ्चारकर्मीसँग कुरा गर्दै संविधान निर्माण भन्दा पनि सरकारको खेलमा केही राजनीतिक दल केन्द्रित भएको र संविधान जारी भएपछि शक्ति कसले हासिल गर्ने भन्ने दौडधुपले काम गरिरहेको बताएका छन् ।
भट्टराइले भने, ‘‘मैले संविधान भनेको दीर्घकालीन र राष्ट्रिय महत्वको विषय हो, यसलाई सत्ता साझेदारीसँग नमिसाऔँ भनेको छु ।’’ उनले कुन राजनीतिक दल र नेता उक्त खेलमा लागेका हुन् भन्नेबारेमा भने खुलाएनन् ।
सबै दलले आफ्ना अडान राखिसकेकाले अबको काम सहमति पहिल्याउने नै भएको र यही कात्तिक १५ गतेभित्र सहमति हुने नभए विकल्प खोजिने उनको भनाई थियो ।
उनले विभिन्न पक्षस“ग अनौपचारिक परामर्श गर्ने क्रममा १३ कात्तिकमा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारस“ग छुट्टाछुट्टै परामर्श गरिएको जानकारी दिए ।
त्यसैगरी उनले आजै कांग्रेस नेता प्रदीप गिरी र कानूनमन्त्री नरहरि आचार्यस“ग पनि परामर्श गरेका थिए ।
