समाचारबिहीबार, कार्तिक १३, २०७१
पर्यटन बोर्ड प्रमुख निरौला निलम्बित, थापालाई निमित्तको जिम्मेवारी
पर्यटन मन्त्रालयका सचिव एवम् बोर्डका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षतामा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिको १३ कात्तिकको बैठकले नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गरेको छ ।
बोर्डमा चरम आर्थिक अनियमितता गरेको भन्दै केही दिनअघि सार्वजनिक लेखा समितिले निरौलालाई निलम्बन गर्न निर्देशन दिएको थियो
निरौलालाई नेपाल पर्यटन बोर्ड ऐन २०५३ र नियमावली २०५५ बमोजिम निर्देशकसमेत नरहने गरी निलम्बन गरिएको जानकारी सचिव श्रेष्ठले दिए ।
अर्को व्यवस्था नभएसम्म बोर्डको निमित्त प्रमुख कार्यकारी अधिकृत भई कार्य सञ्चालन गर्न बोर्डकै अधिकृत नन्दिनी थापालाई जिम्मेवारी दिइएको उनले बताए ।

