समाचारशुक्रबार, कार्तिक १४, २०७१
बहस सत्तातिर मोडियो : भट्टराई
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका विवादित विषय मात्र नभएर सत्तासाझेदारीको विषय पनि उठेको संकेत गरेका छन् । संविधान जारी भएपछि मात्र सत्ता बाँडफाँडमा लाग्नुपर्नेमा अहिले नै विषयान्तर भएको उनको भनाइ छ ।
‘राजनीति भनेको सत्तासाझेदारी पनि हो, संविधान जारी भएपछि सत्ताको बाँडफाँड कसरी हुन्छ भन्नेमा पनि चासो थपिएको अनुभूति भएको छ,’ शान्तिकोष सचिवालयमा भएको तीन दलको अनौपचारिक बैठकपछि भट्टराईले भने, ‘औपचारिक रूपमा बैठकमा कुरा नआए पनि अन्तर्यमा चाहिँ बिस्तारै केही समयदेखि यो विषय पनि प्रवेश गरेको छ ।’
नयाँ पत्रिकाबाट
