थप समाचारशुक्रबार, कार्तिक १४, २०७१
कैलाली एमालेमा विवाद
नेकपा एमाले कैलालीमा सदस्य मनोनयनको विषयमा तीब्र विवाद भएको छ । पार्टीका जिल्ला अध्यक्ष दीर्घ सोडारीले पार्टीको विधान र पद्धति विपरीत सदस्य मनोनित गरेको भन्दै विवाद बढेको हो ।
असन्तुष्ट पदाधिकारीले विधान विपरित अध्यक्ष सोडारीले भदौमा ८ जनालाई सदस्य मनोनित गरेको आरोप लगाएका छन् ।
विवादपछि १३ कात्तिकमा डाकिएको कार्य समितिको बैठक केही पदाधिकारीले बहिष्कार गरेका छन् । जिल्ला उपाध्यक्ष रतन थापा, सचिव रणबहादुर चन्द, सहसचिव नेपालु चौधरी, सदस्य बिष्णु चन्द, सचिवालय सदस्य यज्ञराज बाँस्तोला लगायतले बैठक बहिष्कार गरेका हुन् ।
पद्धति र प्रक्रिया मिचेर मनोनित गरिएका पदाधिकारीलाई केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलको उपस्थितिमा वैधता दिन बैठक डाकिएकाले आफूहरुले बैठक बहिष्कार गरेको सचिवालय सदस्य बाँस्तोलाले बताए ।
उनले जिल्ला अध्यक्षले मनोमानी ढङ्गले कार्यसमितिका सदस्यहरुलाई मनोनित गरेकाको बारे केन्द्रीय उपाध्यक्ष रावललाई गराइएको बताए । एमाले जिल्ला कार्य समिति ७२ सदस्यीय रहेको छ ।
रासस
