समाचारशुक्रबार, कार्तिक १४, २०७१

मुसलमानहरु मोहर्रम मनाउँदै, हिन्दुहरु पनि सहभागी

हिमालखबर

नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव रहिस अहमद सिद्धिकीका अनुसार, १४ कात्तिकमा यादागर–ए–हुसैनका लागि ढोल मिलानको आयोजना गरिएको छ ।

नेपालगञ्जको स्थानीय पूmलटेक्रा, बुलबुलिया, टाँगा बिसौनी र धम्बोजीमा आज राति कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिए ।

कार्यक्रमअनुसार, यादगा–ए–हुसैनपछि मेहदी मिलनको कार्यक्रमे छ । मेंहदी मिलनको समाप्तिपछि कर्बलामा गएर फातिया र दुआ (पूजा प्रार्थना) गरिने छ ।

यसैगरी, १५ कात्तिकमा हुसैनको सम्झनामा मातम गर्दै आलम मिलान गर्ने, १६ गते चक्कुरहित जञ्जिरबाट मिलान, आगोमा हाम फाल्दै मातम गर्दै आलम मिलान र तलवार मिलान गर्ने कार्यक्रम छ ।

महासचिव सिद्धिकीका अनुसार, १७ कात्तिकमा बाँके जिल्लामा मुस्लिम, हिन्दू तथा थारु जातिसमेतले यादगार–ए–हुसैन मनाउँदै आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जाग्राम बसेर ताजियादारी गर्नेे छन् ।

मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिने जनाइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>