समाचारशुक्रबार, कार्तिक १४, २०७१

च्याम्पियन टीम आइपुग्यो, भव्य स्वागत

हिमालखबर

मलेशियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेर स्वदेश आइपुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको भव्य स्वागत भएको छ । उपाधि जितेर १४ कात्तिकमा स्वदेश फर्किएको टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको हो ।

खेलाडी तथा प्रशिक्षकको स्वागतको लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघका पदाधिकारी लगायत विमानस्थल पुगेका थिए । विमानस्थलमा क्रिकेटप्रेमी तथा शुभेच्छुकको ठूलो उपस्थिति थियो ।

उनीहरुले अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बनाउन माग गर्दै नाराबाजी गरेका छन् ।

युगान्डालाई हराउँदै नेपाल आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>