समाचारशुक्रबार, कार्तिक १४, २०७१
एमालेमा महाधिवेशनको ध्रुविकरण कायमै
नवौँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली अध्यक्ष निर्वाचित भएपछि एक्लौटी निर्णय गर्दै पार्टीलाई संस्थागत गर्न नसकेको आरोप लगाउदै आएको छ । १४ कात्तिकमा सुरु भएको तेस्रो केन्द्रीय कमिटी पनि गुट व्यवस्थापन गर्न नसक्दा अजेण्डा प्रस्तुत गरेर स्थगित भएको छ ।
नेता नेपालले अध्यक्ष ओलीमा मनोमानी, स्वेच्छाचारिता र एकलकाँटे तौरतरिका देखिएकोे जनाउँदै उनको कार्यशैलीले पार्टीको आन्तरिक एकता कमजोर पार्ने काम मात्र भएको बताए । नेपालले पार्टीमा “पहिले निर्णय गरौँ पछि मुख मिलाउँला, राय लिएजस्तो गरौँ निर्णय आफ्नो गरौँ, एकलौटी निर्णय गरौं र ठेल्दै जाऔँ, उपयोग गरौँ तर निर्णयमा सहभागी नबनाऔँ” भन्ने कार्यशैली अबलम्बन गरिएको जनाए ।
बैठकमा नेपालले महाधिवेशनमा पारित विधानलाई प्रकाशनका क्रममा आफुखुुसी थपघट गरिएको, विधानबाट अन्तर्राष्ट्रिय गीतसमेत हटाइएको, राज्य पुनःसंरचनाका सम्बन्धमा अध्यक्षले व्यक्तिगत धाराणा सार्वजनिक गरेको, कामकारबाहीमा वरिष्ठ नेतासँग परामर्श नगरिएको, मन्त्रिपरिषद्बाट सभासद् मनोनयनमा पदाधिकारीबीचको सहमतिलाई उलङ्घन गरिएको आरोप लगाए ।
यस्तै, सुकुम्बासी समस्या समाधान आयोग गठनमा गुटगत मान्यतालाई प्रोत्साहन गरिएको तथा संसदीय समितिका सभापति र प्रमुख सचेतक चयनमा उठेका प्रश्नमा कुनै छलफल नभएको गुनासो उनको छ । रासस
