समाचारशनिबार, कार्तिक १५, २०७१

नेवार समुदायलाई आन्दोलनमा उत्रन दाहालको आह्वान

हिमालखबर

एमाओवादीको  जनवर्गीय संगठन नेवाः राष्ट्रिय मुक्ति मोर्चाले किर्तिपुरमा आयोजना गरेको सभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले  कांग्रेस एमालेका कारण विगतका उपलब्धी गुम्ने Prachandaखतरा रहेको भन्दै आन्दोलनमा उत्रन आह्वान गरेका छन् । उनले केन्द्रमा आफूहरु मोर्चाबन्दी गरेर संघर्ष गरिरहेकाले स्थानीय तहमा नेवार समुदाय  पनि आन्दोलनमा उत्रनुपर्ने बताए ।

उनले भने, ‘‘कांग्रस–एमाले संघीयता चाहिदैन भनिरहेका छन् । त्यसैले नेवाःप्रदेश खतरामा छ । बचाउने हो भने उठ्नुहोस् ।’’ उनले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका लागि आन्दोलनमा उत्रनुपर्ने बताए ।

एमाओवादीले पहिचानसहितको १० प्रदेशको अडान संविधानसभामा राखिरहेको छ । दाहालले यसअघि २ जेठ ०६९ मा पनि जनजातिलाई जातीय राज्य प्राप्तिको लागि सडकमा उत्रन आह्वान गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>