समाचारशनिबार, कार्तिक १५, २०७१
कांग्रेस–एमाले आफ्नो पक्षमा समर्थन खोज्दै
संविधानसभाले तेस्रो पटक थप गरेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको म्याद सकिनै लाग्दा समेत सहमति हुन नसकेपछि आफ्ना पक्षमा बहुमत जुटाउनेतिर यी दलहरु लागेका हुन् । कांग्रेस एमालेले ६ प्रदेश र संसदबाट निर्वाचित प्रधानमन्त्रीमा साझा धारणा बनाएका छन् ।
उनीहरुले साना दलहरुसँग छलफलपछि धारणा पनि परिमार्जन गर्न सक्ने जनाएको छ । सहमति जुटाउने जिम्मेवारी पाएको समितिको म्याद १५ कात्तिकमा सकिदैछ । तर, दलहरुबीच विवादित विषयमा सहमति हुन सकेको छैन ।
