समाचारशनिबार, कार्तिक १५, २०७१

ललितपुरका तीन किशोर त्रिशुलीमा बगे

हिमालखबर

ललितपुरको नखिपोटबाट वनभोजका लागि १५ कात्तिक दिउँसो मलेखु पुगेका तीन किशोर भद्रकाली मन्दिर नजिकै त्रिशुली नदीमा पौडी खेल्न जाँदा बगेर वेपत्ता भएका छन् ।

२३ जनाको समूहमा आएकामध्ये पौडी खेल्न गएका १७ वर्षका लिलव बहादुर राई , रेवन थापा मगर र १८ वर्षका सुलभ गुरुङ्ग बेपत्ता भएको प्रहरीले जनाएको छ ।
नदीमा पौडी खेल्ने क्रममा एक जना साथी नदीमा डुबेपछि बचाउन गएका अरु दुई पनि बगेका हुन् ।

त्रिशुल किनारमा वनभोज वा घुम्नका लागि आउनेहरु प्रत्येक वर्ष यस्तो दुर्घटनामा पर्ने गरेका छन् ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>