समाचारआइतबार, कार्तिक १६, २०७१

गुल्मीमा बालबालिका चढेको जीप दुर्घटना, १ को मृत्यु १२ घाइते

हिमालखबर

गुल्मीको अस्लेवा–६ नुनछरे डाँडामा देउसी भैलो खेलेर उठेको पैसाले वनभोज मनाउन (भैलो खान) गएका गुल्मी खैरेनी–१ की १४ वर्षीया सीता सुनारको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा २९ वर्षका जीप चालक र खाना बनाइदिन गएका १६ वर्षीय अनिल बाहेक सबै बालबालिका ७ देखि ११ वर्षका छन् ।

अस्लेवा बाट  वनभोज सकेर खैरेनी आउँदै गरेको लु १ च ४८७९ नम्बरको जीप सडकबाट ३०० मिटर तल खसेको हो । घाइते सबैको पाल्पाको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
देव पचभैया, पाल्पा  

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>