समाचारसोमबार, कार्तिक १७, २०७१
एक मिनेटमै बैठक सकियो
१७ कात्तिक विहान ९ः४५ बजे बोलाइएको बैठकमा कांग्रेस–एमाले नेताहरु नआएपछि समितिका सभापति बाबुराम भट्टराई दिउँसो बस्नेगरी स्थगित गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारबाट कांग्रेस–एमाले नेताहरु बैठकमा व्यस्त रहेपछि सम्वाद समितिको बैठक प्रभावित भएको थियो ।
समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल आएपनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निवासमा दुई दलीय छलफलमा थिए । कोइराला र ओली नभएपछि समितिको बैठक एक मिनेट पनि नबस्दै दिउँसोका लागि सारिएको छ ।
समितिका सभापति भट्टराईले १६ कात्तिक साँझदेखि नै निरन्तर बैठक जारी रहेको जनाइरहेका छन् ।
