समाचारसोमबार, कार्तिक १७, २०७१
मोटरसाइकल जुध्दा २ को मृत्यु
पुर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलाहानी–८ अरुणखोला जंगलमा मोटरसाइकल दुर्घटना हुँदा १७ कात्तिकमा दुई जनाको मृत्यु भएको छ । अरुणखोलाबाट दुम्किबासतर्फ जाँदै गरेको लु १५ प ७९२९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ७ प ८७६१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल–११ क ५० वर्षीय टेकबहादुर थापा र दुम्किबास–५ का १९ वर्षीय कमल थापा छन् । उनीहरुको उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी निरीक्षक रमेशकुमार पन्थीले जानकारी दिए ।
मृतक दुवै जना छुट्टाछुट्टै मोटरसाइकलमा सवार थिए । दुर्घटनामा परेर दुम्किबास–५ का विनोद श्रीस र एक महिला गम्भीर घाइते छन् । उनीहरुको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।
विद्रोही गिरी, नवलपरासी
