समाचारमंगलबार, कार्तिक १८, २०७१

बैठक छाडेर दाहाल पाँचथर पुगे

हिमालखबर

दोस्रो चरणको आन्दोलन अन्तर्गत पाँचथरमा आयोजित आमसभालाई सम्बोधन गर्न एमाओवादी अध्यक्ष दाहाल, मधेसी जनाधिकारी फोरमका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राई, लिम्बुवान राष्ट्रिय पार्टीका अध्यक्ष कुमार लिङदेनसहित २२ दलका प्रमुखहरु त्यहाँ पुगेका छन् ।

संविधानसभाका तेस्रो दल एमाओवादी नेतृत्वको उक्त मोर्चामा संविधानसभाभित्रका साना दल, संविधानबाहिरका जातीय तथा क्षेत्रीय दलहरु संलग्न छन् । यी नेताहरुले १८ कात्तिक दिउँसो १ बजेदेखि सभालाई सम्बोधन गर्दैछन् ।

मोर्चाले एकल जातीय पहिचानका आधारमा संघीयताको माग गर्दै सडक आन्दोलन घोषणा गरेको छ ।

यता, सम्वाद समितिको बैठक पनि १८ कात्तिक दिउँसो १ बजे नै राखिएको छ । संविधानसभाले सहमति नजुटे १६ कात्तिकमा प्रश्नावलीसहित संविधानसभामा उपस्थित हुन निर्देशन दिएपनि समितिले निरन्तर सहमतिको प्रयास भइरहेको जनाएको छ ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>