समाचारमंगलबार, कार्तिक १८, २०७१
मोदीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरु जनकपुरमा
दक्षिण एशियाली सहयोग संगठन (सार्क) सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरस्थित जानकी मन्दिरमा दर्शन गर्ने इच्छा व्यक्त गरेका छन् । उनी स्थलमार्ग बाट जनकपुर आउने बताइए पनि निश्चित भने भइसकेको छैन ।
यसैबीच मोदीको जनकपुरमा सुरक्षा व्यवस्था मिलाउनका लागि १८ कात्तिकमा गृहसचिव सूर्य सिलवालको नेतृत्वमा नेपाल प्रहरीका प्रमुख उपेन्द्र कान्त अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उच्च अधिकारी, भारतीय राजदूत र र भारतीय सुरक्षा अधिकारीहरु त्यसक्षेत्रमा पुगेका छन् ।
धनुषाका प्रहरी उपरीक्षक गणेश बहादुर थापाका अनुसार टोलीले नेपालको महोत्तरीसँग जोडिएको भिट्ठामोड नाका र अन्य सीमावर्ती क्षेत्रको अनुगमन निरीक्षण गरेको छ ।
मोदी भारतको पटना हुँदै भिट्ठामोड भएर जनकपुर आउन सक्ने भएकाले त्यसक्षेत्रको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै सुरक्षा अधिकारीहरु र राजदूत समेतले जनकपुर भ्रमण गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले बताए ।
यद्दपी भिट्ठामोड–जलेश्वर–जनकपुरको १७ किलोमिटर लामो सडक निकै जिर्ण छ ।
प्रजिअ ढुंगानाले जनकपुरमा आन्तरिक तयारी गरिए पनि मोदी पटना हुँदै आउँछन् वा सिलगुढी हुँदै आउँछन् वा काठमाडौं पुगेर आउने हुन् भन्ने अझै निश्चित भइनसकेकोे बताए ।
ईश्वरचन्द्र झा, जनकपुर

