समाचारमंगलबार, कार्तिक १८, २०७१

टाढिदै दलहरू

हिमालखबर

१८ कात्तिकमा चार घण्टा लामो छलफल गरेर बिना सहमति सकिएको बैठक अर्काे सूचना जारी नभएसम्म स्थगित गरिएको समितिका सभापति बाबुराम भट्टराईले जानकारी दिएका छन् । संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन समितिलाई संविधानसभाले तेस्रो पटक १५ कात्तिकसम्मको म्याद दिएको थियो । भट्टराईले भने महत्वपूर्ण विषयमा छलफल भइरहेकाले हतार गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

१६ कात्तिक साँझदेखि निरन्तर बसिरहेको भनिएको बैठक बिना सल्लाह स्थगित गरिएको भन्दै सत्तारुढ दल कांग्रेस र एमालेले भने असन्तुष्टि जनाएका छन् । संविधानसभाले विवादित विषयमा सहमति कायम हुन नसके १६ कात्तिकमा प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिए पनि प्रश्नावली बुझाइएको छैन ।

दलहरुले सहमति गर्ने भन्दै १६ कात्तिक साँझदेखि निरन्तर बैठक चलिरहेको बताएका थिए । १८ कात्तिकमा बसेको बैठकमा कांग्रेस र एमालेले गरेको प्रस्ताव बाहेक अन्य केही प्रगति हुन सकेन ।

बरु, महत्वपूर्ण बैठक छाडेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित २२ दलका प्रमुखहरुले पाँचथरमा सभा गरेर राज्य र सत्ताबाट कांग्रेस एमालेलाई हट्न चेतावनी दिएका छन् । यता, नवलपरासी पुगेका प्रधानमन्त्री एवम् कांग्रेस सभापति सुशील कोइरालाले दाहाललाई सहमति विगार्दै धम्कीको भाषा नबोल्न आग्रह गरे ।

संविधानसभाले २ असोज, २४ असोज र ४ कात्तिक गरी सहमतिका लागि तीन पटक समय थप गरिसकेपनि विवादित विषयले निकास पाउन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>