समाचारबुधबार, कार्तिक १९, २०७१
राँके बजारमा आगलागी
पाँचथरको राँके बजारमा १९ कात्तिक बिहान ८ बजेदेखि शुरु भएको आगलागीबाट इलाम र पाँचथरतर्फका गरी चारवटा घर जलेर नष्ट भइसकेको जानकारी स्थानीयवासीले दिएका छन् ।
स्थानीय विष्णु मुखियाको घरबाट अचानक विद्युत् सर्ट भई आगलागी हुँदा प्रेम चेम्जोङ, कर्ण गुरुङ, नेत्र लामिछाने राजेन्द्र गौतम र मुखियाको घर जलेर नष्ट भएको स्थानीय बासिन्दा शिरी विष्टले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि राँके इलाका प्रहरी कार्यालयका प्रहरी र स्थानीयबासीले प्रयास गरिरहेका छन् । थप मद्दतका लागि इलाम र झापावाट दमकल सहित प्रहरी मगाइएको पाँचथरका प्रमूख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
अहिले पाँचथरका प्रजिअ र प्रहरी प्रमूख सहित सुरक्षा निकायका प्रमूखहरु घट्ना स्थल पुगिसकेका छन ।
मुख्य बजारमा नै आगलागी भएका कारण मेची राजमार्गअन्तर्गत पाँचथरबाट इलामतर्फ र एकतप्पा, आमचोक, फाकफोक, एकतप्पा, चमैता, यासोक र रबीबाट आउने सवारीसाधन ठप्प भएको छ ।
लक्ष्मी गौतम, पाँचथर
