समाचारसोमबार, आश्विन २२, २०६९
प्रधानमन्त्रीद्वारा मानव अधिकार आयोगको कार्यक्रम बहिष्कार
आयोगद्वारा २२ असोजमा ललितपुरको जावलाखेलमा आयोजित मानवअधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनलाई प्रधानमन्त्री भट्टराईले बहिष्कार गरेका हुन् । प्रमुख अतिथि बन्न आउने प्रतिबद्धता जनाएका प्रधानमन्त्री भट्टराई आयोगलाई कुनै जानकारी नदिई अनुपस्थित रहे ।
एमाओवादी द्वन्द पीडितहरूले मानव अधिकार उल्लंघनका घट्नाका दोषीलाई कारवाही गर्न माग गर्ने भएपछि भट्टराईले कार्यक्रम नै बहिस्कार गरेको आयोजकले जनाएको छ ।
आयोगको सिफारिसलाई वेवास्ता गरियोः उपाध्याय
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सरकारले आयोगको सिफारिस कार्यान्वयन नगरेको बताएका छन् । मानव अधिकारको प्रमुख रक्षक हुनुपर्ने सरकारले अहिलेसम्म आयोगले गरेका सिफारिसलाई वेवास्ता गरेको उपध्यायले गुनासो गरे ।
मानव अधिकारको रक्षाका क्रममा सबैभन्दा बढी पत्रकार मारिएको भन्दै उपाध्यायले कतिपय अवस्थामा त मुद्दासमेत दर्ता नभएको बताए । पत्रकार हत्याका मुद्दा दर्ता भइहाले पनि सुनुवाई नभएको उपाध्यायको भनाई थियो ।
