समाचारबुधबार, कार्तिक १९, २०७१
कांग्रेस–एमालेले प्रस्ताव फिर्ता लिदैनः देउवा
सहमतिका लागि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा सत्तारुढ दलहरुका तर्फबाट पेस गरिएको प्रस्तुत प्रस्ताव फिर्ता नहुने भन्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले समितिको बैठक स्थगित भएकोप्रति आपत्ति जनाएका छन् ।
देउवाले भने, “यो हाम्रो प्रस्ताव हो, उहाँहरुले पनि छलफलका लागि प्रस्ताव ल्याए हुन्छ, त्यसमा छलफल गरौं, वार्ता र मिलनका लागि उपयुक्त ठाउँ खोजौं ।’’
संविधानका विवादित विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको संवाद समितिमाले संविधानसभाले तेस्रो पटक दिएको म्यादभित्र सहमति जुटाउन नसकेपछि काँग्रेस एमालेलगायत दलले छलफलका लागि भन्दै समितिमा ६ प्रदेशसहितको सहमतिको खाका प्रस्ताव गरेका छन् ।
एमाओवादी र मधेशकेन्द्रित दलले उक्त प्रस्तावले सहमतिको वातावरण बिगारेको भन्दै फिर्ता लिनुपर्ने माग राख्दै आएका छन् ।
