समाचारबुधबार, कार्तिक १९, २०७१

दाहालले भने, ‘यहाँको शुल्क मै तिर्छु’

हिमालखबर

dahalपाँचथरमा एकल जातीय पहिचान पक्षधर मोर्चाको कार्यक्रममा सहभागी भई राज्यसत्ता कब्जा गर्ने दाबी गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले झापाको दमकमा १९ कात्तिकमा दाहालवंश प्रतिष्ठानले आयोजना गरेको भेलामा अब शाह–ठकुरी र राणाहरुको मात्र बोलबाला नचल्ने भन्दै राज्यबाट सबैले उत्तिकै प्राथमिकता पाउने बताएका छन् ।

आफूलाई माओ, मार्क्स र लेनिनको अनुयायी दाबी गर्ने उनले व्यक्ति जहाँसुकै भए पनि अन्तत्वगत्वा वंश परिवारमै जोडिने दाबी गरे ।

३ हजार २०५ रुपैयाँ तिरेर दाहालवंश प्रतिष्ठानको आजीवन सदस्यता लिएका दाहालको सदस्यता शुल्क तिर्न लागेका कार्यकर्तालाई रोकेर दाहालले भने, “यहाँको शुल्क मै तिर्छु ।” दाहालसँगै उनका छोरा प्रकाशले पनि दाहालवंश प्रतिष्ठानकोसदस्यता लिएका छन् ।

सरकार बिरोधि २२ दलीय मोर्चाको पाँचथरमा भएको बैठकमा भग लिई फर्कंदा दमकमा प्रतिष्ठानको कार्यक्रममा सहभागी भएका हुन् ।
गोपाल गडतौला, झापा

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>