समाचारबुधबार, कार्तिक १९, २०७१

राँके वजारमा आगलागी, नियन्त्रणका लागि ५ घर भत्काइयो (तस्वीरसहित)

हिमालखबर

तस्वीर: लक्ष्मी गौतम

तस्वीर: लक्ष्मी गौतम

नेपाल प्रहरी,नेपाली सेना, शस्शत्र प्रहरी, स्थानीय वासिन्दा र इलामवाट ल्याइएको दमकलको संयुक्त पहलपछि पाँचथर र इलामको सीमामा पर्ने राँके बजारमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ ।

आगलागीमा विष्णु मुखिया, चन्द्र गुरुङ, नेत्र लामिछाने, मणीकुमार चेम्जोङ र राजेन्द्र गौतमका घर पूर्ण रुपमा नष्पट भएका छन् भने गुप्त चेम्जोङ,रामदत्त राई,कुमार तामाङ र मुक्ती आचार्यका घर पनि आंशिक रुपमा जलेको प्रहरी प्रमूख पोखरेलले जानकारी दिए ।

आगो नियन्त्रणका क्रममा थप ४ वटा घर भत्काइएको छ ।

तस्वीर: लक्ष्मी गौतम

तस्वीर: लक्ष्मी गौतम

राँके वजारका विष्णु मुखियाको घरमा विद्युत सर्ट भएर आगलागी भएको पाँचथरका प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिए ।

आगो लागेको क्षेत्रमा वाक्लो मात्रामा काठका कच्ची घर रहनुका साथै ती घरमा होटल तथा घीउ र छुर्पीका पसल रहेकाले पनि तत्कालै नियन्त्रणमा लिन कठिनाई भएको उद्धारमा संलग्न सुरक्षाकर्मीले बताए ।

ranke aglagi (7)अहिले पनि आगलागी भएको क्षेत्रमा थप क्षति हुन नदिन उच्च सर्तकता अपनाइएको पाँचथरक प्रमूख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

आगलागीका कारण पाँचथरवाट इलाम र झापा तथा इलाम र झापावाट पाँचथर आउने सवारी तथा ढुवानीका साधन चारघण्टासम्म अवरुद्ध भएका थिए ।
अग्नी पीडितहरुलाई तत्कालका लागि राहत वितरण गर्ने तयारी भइरहेको वताइएपनि आगोले पु¥याएको क्षती एकिन विवरण भने आउन अझै केहि समय लाग्ने वताइएको छ ।

ranke aglagi (10)आगलागीमा मानवीय क्षति भने नभए पनि घरधनी, पसले, व्यवसायी र भाडामा बस्नेहरुको विचल्ली भएको छ ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>