समाचारबिहीबार, कार्तिक २०, २०७१
पूरानो बसपार्कका ३४ टहरा भत्काइए
काठमाडौँ महानगरपालिकाको कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटाले सार्क सम्मेलनको समयमा पार्किङको स्थान कम हुने हुँदा पूरानो वसपार्कका टहराहरु भत्काइएको जानकारी दिएका छन् । सम्मेलनका बेला पूरानो बसपार्क पूरै खाली बनाइने भएको छ ।
बसपार्कमा रहेका ती टहरा (स्टलहरू) मा फलफूल, तरकारी, कपडालगायत बिक्री गरी साना व्यापारीहरूले आफ्नो गुजारा चलाउँदै आएका थिए ।
सार्क सम्मेलन सकिएपछि पुनः टहरा निर्माण गरी व्यापार गर्न पाउनेमा साना व्यापारीहरू आशावादी भए पनि महानगरपालिकाले भने टहरा फेरि निर्माण गर्ने वा नगर्ने बारेमा केही छलफल नभएको जनाएको छ ।

