समाचारबिहीबार, कार्तिक २०, २०७१
कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) विधेयक सदनमा पेस
व्यवस्थापिका–संसद्को २० कात्तिकको बैठकमा महिला बालबालिका, ज्येष्ठ नागरिक
र समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झाले यौनजन्य दुर्व्यवहार (निवारण) विधेयक, २०७१ पेस गरेकी छन् ।
केही समय पहिले सदनमा पेस भएको उक्त विधेयकमाथि समितिमा छलफल भएको र प्राप्त सुझावसमेत समावेश गरी पुनः प्रस्तुत गरिएको सभापति झाले जानकारी दिइन् ।
व्यवस्थापिका–संसद्को अर्को बैठक २३ कात्तिक अपराह्न १ बजे बस्ने छ ।
