समाचारशुक्रबार, कार्तिक २१, २०७१
मोर्चाले नेपाललाई सोमालिया बनाउन खोज्यो: मन्त्री बस्नेत
भक्तपुरमा २१ कात्तिकमा आयोजित कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले संविधान निर्माणका क्रममा जातीय सङ्घीयताको प्रस्ताव ल्याएर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको २२ दलीय मोर्चा संविधान बन्न नदिने र युद्ध निम्त्याउने खेलमा लागेको आरोप लगाएका छन् ।
नेपाली कांगे्रस, नेकपा एमालेले ल्याएको ७ प्रदेशको प्रस्ताव राष्ट्रिय अखण्डता, शान्ति, समृद्धि र समयमै संविधान निर्माणका लागि भएको बताउँदै मुलुकलाई जबर्जस्ती जातीय सङ्घीयतामा लगिए देश सोमालिया जस्तो गृहयुद्धमा फस्ने बस्नेतले चेतावनी दिए ।
फरक प्रसंगमा उनले आफू सँधै व्यवसायीको हकहितको पक्षमा आफू रहेको बताउँदै सामाजिक सुधार विधेयकको नाममा व्यवसायीलाई अप्ठ्यारोमा नपार्न आफूले गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताएका थिए ।
