समाचारशनिबार, कार्तिक २२, २०७१
बस र ट्रक जुध्दा महिलाको मृत्यु, २१ घाईते
नेपालगञ्जबाट पोखराका लागि छुटेको ना ५ ख ६६६ नम्बरको भण्डारी लक्जरी कोच र विपरित दिसाबाट आउदै गरेको ना ३ ख ४३७६ नम्बरको ट्रक २२ कात्तिक दिउँसो साढे १२ बजे एक आपसमा ठक्कर खाँदा एक महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मध्ये पाँच जनाको अबस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । दुर्घटनामा पर्नेहरुको परिचय खुल्न सकेको छैन ।
त्यस्तै कावासोतीमा कारले पैदलयात्रीलाई ठक्कर दिदा एक जना महिला गम्भीर घाईते भएकी छन् ।
पुर्वबाट पश्चिम जाँदै गरेको बा ७ च ६००८ नम्बरको कारले पैदलयात्री कावासोती ३ की ५५ बर्षीय शान्ति भुषाललाई ठक्कर दिएको हो ।
विद्रोही गिरी, नवलपरासी
