समाचारसोमबार, आश्विन २२, २०६९
कांग्रेसले महासमिति बैठक सार्यो
बैठक शुरु हुनु दुई दिनअघि २२ असोजमा विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यालयले विशेष परिस्थितिबस बैठक सारिएको जनाएको छ । मंसीरमा बैठक गर्ने भनिए पनि गते र स्थान भने अहिले नतोकेको कांग्रेस उपसभापति रामचन्द्र पौडलले जानकारी गराए ।
कांग्रेसको विधानमा महासमितिको बैठक प्रत्येक वर्ष बस्नुपर्ने व्यवस्था छ तर, महाधिवेशन भएको दुईवर्ष भइसक्दा महासमितिको बैठक भने एकपटक पनि बस्न सकेको छैन ।
कांग्रेसमा महाधिवेशनपछिको शक्तिशाली निकाय महासमितिको बैठक नबस्नुमा शीर्ष नेताहरु बीचको विवाद नै प्रमुख कारण भएको छ ।
त्यस्तै कांग्रेसले २४ कार्तिकमा काठमाडौंमा बृहत जुलुस प्रदर्शन एवम् आमसभा गर्ने पनि जनाएको छ । नेपाली कांग्रेसका संस्थापक नेता स्व. गणेशमान सिंहको जन्म जयन्तिको अवसर पारेर जुलुस प्रदर्शन एवं आमसभा गरिने विज्ञप्तिमा उल्लेख छ ।
