समाचारशनिबार, कार्तिक २२, २०७१
‘मधेशकेन्द्रित दललाई सरकारमा ल्याउने तयारी’
रिपोर्टर्स क्लब नेपालले २३ कात्तिकमा आयोजना गरेको साक्षात्कारमा कांग्रेस नेता दीपकुमार उपाध्यायले मधेशकेन्द्रित दलहरुसँग सत्तासाझेदारीको विषयमा छलफल भईरहेको जानकारी दिंदै उनीहरु आए कांग्रेस र एमालेका मन्त्रीलाई फिर्ता बोलाएर भए पनि समावेश गर्ने बताए ।
उनले भने, “अहिलेको समस्या भनेको जस कसले लिने भन्ने हो । संविधान निर्माणको जस सबैलाई चाहिएको हो भने हामी त्यसको लागि सबैलाई सरकारमा ल्याउन तयार छौ ।”
उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बाहिर एउटा र भित्र अर्को कुरा गर्ने प्रवृत्तिले मुलुकको र स्वयम उनको समेत हित नगर्ने बताए ।
उनले भने, “फेरि पनि सहमति नगर्ने हो भने अयोग्यताको प्रमाणपत्र मात्रै हात लाग्छ ।”
