समाचारशनिबार, कार्तिक २२, २०७१
कांग्रेस एमाले नसच्चिए मधेशले सरकार चलाउँछः दाहाल
एमाओवादी र मधेशकेन्द्रित दलहरुको मोर्चाले जनकपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले प्रस्तुत गरेको राज्य पुनर्संरचनाको प्रस्ताव संवैधानिक र राजनीतिक रुपमा गलत भएकोे दाबी गर्दै सच्चाएर ल्याउन सुझाव दिएका छन् ।
“भौगोलिक बिभाजनसहितको राज्यको पुनर्संरचना गरिए मधेशले आफ्नो सरकार आफैं बनाउन स्वतन्त्र हुनेछ ।”
जनकपुरको बाह्र विघा मैदानमा आयोजित सभामा अध्यक्ष दहालले संबिधान सभाको चुनावमा आफूलाई सिरहाबाट जिताएर मधेशी जनताले ऋणि बनाएको भन्दै मधेशलाई मुक्ति दिलाएर आफूले ऋण तिर्ने समेत भन्न भ्याए ।
सभालाई सम्बोधन गर्दै मधेशी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले गणितीय आधारमा संबिधान जारी गर्ने प्रयास भए मधेशले आफ्नो संबिधान आफैं बनाउने धम्की दिए ।
त्यसैगरी मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले कांण्ग्रेस र एमालेले दुई तिहाई बहुमतले संबिधान ल्याए मुलुक मुठभेडमा जाने चेतावनी दिएका थिए ।
तराइ मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस र एमालेको राज्य पुनर्संरचनाको प्रस्तावमा छलफल गर्न आफूहरु तयार रहेको बताएका थिए ।
ईश्वरचन्द्र झा, जनकपुर
* सच्चाइएको

