समाचारआइतबार, कार्तिक २३, २०७१

संविधानसभाका आधाभन्दा बढी सदस्यलाई संविधानबारे कुनै ज्ञान छैनः विजुक्छे

हिमालखबर

narayanmanbijukchheइन्जिनियर समाज नेपालले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले राजनीतिक ज्ञान नभएका मानिसहरुले गर्दा देशले दुर्दशा भोगेको भन्दै प्राध्यापक, शिक्षक र इञ्जिनियरलाई पनि राजनीतिक क्षेत्रमा आउन आग्रह गरेका छन् ।

संविधान निर्माणबारे कुनै पनि ज्ञान नभएकाको बाहुल्यले गर्दा संविधानसभाले सक्रियतापूर्वक काम गर्न नसकेको उनको भनाई थियो ।

विजुक्छेले भने, “ठूला दलले अहिलेसम्म संविधान निर्माणका विषयमा गहिरो छलफल नगरी प्रचारमा आउने कार्य मात्र गरेका छन् ।”

नेकपा–एमाओवादी र मधेशवादी दलहरुले जातीय र क्षेत्रीय आधारमा प्रदेश गठन गरी देशलाई नै विभाजनमा लान खोजेको आरोप लगाउँदै उनले जातीय र क्षेत्रीय आधारमा संघीयता भए देशमा रक्तपात मच्चिनसक्ने चेतावनी दिए ।

उनले दलका नेताहरुलाई विदेशीहरुको निर्देशनमा चलेको आरोप समेत लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>