समाचारआइतबार, कार्तिक २३, २०७१

श्रीलङ्काली राष्ट्रपतिले चारुमतीको भ्रमण गर्ने

हिमालखबर

charumati-stupaसार्क सम्मेलनका लागि काठमाडौं आएका बेला श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्षले चावहिलस्थित चारुमती विहारमा पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम रहेको चारुमती बुद्धविहारका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिएका छन् । उनी राष्ट्रपति भएपछि दोस्रोपटक नेपाल आउँदै छन् ।

मौर्यसम्राट् अशोककी छोरी चारुमतीले नेपालमा धर्मदूतिकाका रुपमा आई करिब २ हजार ३०० वर्षअघि निर्माण गरेको विहार श्रीलङ्का र नेपालको सम्बन्धको प्रतीक पनि हो । अशोककी अर्की छोरी सङ्घामित्रा र छोरा महेन्द्र पनि श्रीलङ्कामा धर्मदूतका रुपमा गएका थिए ।

“बौद्धमार्गी मुलुक श्रीलङ्का र त्यहाँका बौद्धमार्गीहरुmलाई चारुमती विहारबारे राम्रो जानकारी छ र यसलाई निकै सम्मानका साथ लिने गर्छन्”–श्रीलङ्काबाट विसं २०४० मा बौद्धधर्म र समाजशास्त्रमा स्नातक भिक्षु धम्मले भने ।

भिक्षु धम्मले नै विसं २०६०–६१ मा सो विहारको पुनःनिर्माणका गराई विहारमा बस्दै आएका छन् । “श्रीलङ्काका नेपालस्थित हरेक राजदूतहरु चारुमती विहार आउनुभएको छ, यसबारे उहाँहरु सबैलाई अवगत छ, यसको इतिहास र यसको गुरुयोजनाबारे हामीले श्रीलङ्काली राष्ट्रपतिलाई पनि विस्तृत जानकारी गराउने छौँ”–चारुमती बुद्धिस्ट नेपालका संस्थापक अध्यक्ष तथा विश्व युवा भिक्षु महासङ्घका नेपाल अध्यक्ष धम्मले भने ।

विहारको पुनःनिर्माणमा श्रीलङ्काले पनि सहयोग गरेको थियो ।

गौतमबुद्धकै पालामा कपिलवस्तुका राजा शुद्धोदनका आफन्तहरु श्रीलङ्काको दक्षिण क्षेत्र रुहुनुमा गई बसेको श्रीलङ्काली महावंशमा उल्लिखित छ । पछि राणा प्रधानमन्त्री जुद्धशम्शेरका पालामा नेपालबाट निर्वासित भिक्षुहरु अमृतानन्द, सुबोधानन्द, प्रज्ञारश्मि, कुमार काश्यप, महानामलगायत आठजनामध्ये कोही भारत, तत्कालीन् बर्मा र श्रीलङ्का (अमृतानन्द) गएका थिए ।

उनीहरुलाई पछि प्रधानमन्त्री पद्मशम्शेरका पालामा श्रीलङ्काबाट एक प्रतिनिधिमण्डल टोली नेपाल आई पुनःस्थापना गराएको थियो ।

राष्ट्रपति राजपक्षको आगमन हुने भएपछि काठमाडौँ महानगरपालिकाले विहार क्षेत्रमा रङ्रोगन गर्दैछ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>