समाचारआइतबार, कार्तिक २३, २०७१

सभासद चढेको विमान दुर्घटनाबाट बच्यो

हिमालखबर

 

सोलुखुम्बुको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना हुनबाट जोगिएको छ । २३ कात्तिक बिहान सोलुखुम्बुबाट काठमाडौं उड्न लागेको विमानको इन्जिनमा खराबी आएपछि उडान रोकिएको  हो ।

उडान भर्न लागेको विमानको अगाडिको बत्ति नबलेपछि तत्कालका लागि उडान रोकिएको नागरिक उड्यन प्राधिकरण फाप्लुले जनाएको छ ।

प्राधिकरणका अनुसार मर्मत पछि २३ कात्तिक दिउँसो काठमाडौं उडिसकेको छ ।

विमानमा ५ सभासदसहित १५ यात्रु सवार थिए । विमानमा सभासदहरु लक्ष्मणलाल कर्ण, भानुभक्त ढकाल, कमलप्रसाद पंगेनी, रेखा शर्मा र रामनारायण बिडारी सवार थिए ।

बुद्धवीर बाहिङ, सोलुखुम्बु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>