समाचारआइतबार, कार्तिक २३, २०७१

विमानस्थल भन्सारका निमित्त प्रमुखलाई निलम्बन गर्न अख्तियारको निर्देशन

हिमालखबर

CIAAत्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा हरीवंश कार्की थुनामा परेका भारतीय सुन तस्करलाई छुटाउन घुस लिँदा लिँदै पक्राउ परेपछि उनले निमित्त प्रमुख सुदीप चन्द्र शाहको आग्रहमा घुस लिएको दाबी गरेका थिए।

कार्कीको बयानका आधारमा अख्तियारले निमित्त प्रमुख शाहलाई निलम्वन गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस बापतको रकम करिब रु ७२ लाख कार्की लगायतबाट बरामद गरेको थियो ।

अवैधरुपमा सुन ओसारपोसार गर्दा थुनामा रहेका भारतीय नागरिक अभिषेक सरकारसँग मुद्दा मिलाइदिने भन्दै मुनलाइट पार्टी प्यालेस धुम्बाराहीमा लेनदेन गर्दै गर्दा अख्तियारबाट खटिएको टोलीले कार्कीसहित भन्सार एजेन्ट प्रेम अधिकारी (खोटाङ), देवराज भट्टराई र सवारी चालक पुरुषोत्तम थापालाई पक्राउ गरेको थियो।

आयोगले ऐन, २०४८ दफा १९(३) बमोजिम निलम्बनका लागि सिफारिस गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>