समाचारसोमबार, कार्तिक २४, २०७१

एमाओवादी सूर्यलाई हत्केलाले छेक्न खोज्दैछः प्रधानमन्त्री

हिमालखबर

‘गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान’ले काठमाडौंको रत्नपार्कमा गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले कसैको डर, धम्की र जोरजबर्जस्ती तथा बन्दुकको राजनीतिक नचल्ने भन्दै संविधान निर्माणको यात्रा पूरा भएरै छाड्ने अठोट व्यक्त गरे । काेइरालाले एमाअाेवादीले संविधान निर्माण कार्यलार्इ राेक्नु भनेकाे सुर्यलार्इ हत्केलाले छेक्नुजस्तै भएकाे बताए ।

उनले भने, “दृढता र प्रतिबद्धता सर्वाेच्च नेता गणेशमानले दिनुभएको छ, हामी प्रजातन्त्रका मूल्य, मान्यता र आदर्शबाट विचलित नभई नेपालीको शिर माथि उठाउने यात्रामा अघि बढिरहनेछाैँ ।”

प्रधानमन्त्री कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाइ तर्साउने र धम्काउने काम रोक्न आग्रह गरेको बताए ।

‘सत्तापक्ष र प्रतिपक्ष नबन’

सभामुख सुवासचन्द्र नेम्वाङले संविधान निर्माण कार्यलाई प्रभाव पार्नेगरी सत्ता पक्षको पत्रकार सम्मेलन र प्रतिपक्षको आन्दोलनको कार्यक्रम रोक्न आग्रह गरे ।

उनले सम्बन्धित निकायमा बसेर छलफल गर्दा मात्रै सहमति हुन सक्ने बताए । सभामुख नेम्वाङले सार्कका नेताहरुलाई जवाफ दिनै अप्ठ्यारो पर्न अवस्था सृजना भएको बताए । उनले ८ माघको मिति कुनै हालतमा सार्न नमिल्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>