थप समाचारमंगलबार, कार्तिक २५, २०७१
पाकिस्तानः बस दुर्घटनामा ५६ को मृत्यु
पाकिस्तानको सिन्ध प्रान्तको खैरपुर शहर नजिक भएको बस दुर्घटनामा यात्रुबाहक बस ट्रकसँग ठोक्किंदा कम्तिमा पनि ५६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
मृत्यु हुनेहरुमा बालबालिका र महिलाहरु पनि भएको र कम्तिमा १० जना गम्भीर घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
७५ यात्रु सवार बस तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
